चाडबाडको नाउँमा राजनीतिक रापताप गाउँमा

अनलाइनखबर

रघुनाथ बजगाईं

दशैं/तिहार, छठ जस्ता चाडपर्वले गाउँ–शहरमा नयाँ चहलपहल ल्याउँछ, भेटघाटको माहोल बनाउँछ। पारिवारिक बाहेक पनि साथीभाइ, आफन्त बीचमा भेटघाट हुने नै भयो। त्यसमा थपिन्छन् सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधि पनि।

यस्ता भेटघाट र छलफललाई सकेसम्म आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू सक्रिय हुन्छन्। अरू बेला जस्तै यस पटक पनि राजनीतिक दलहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्। किनकि यही वर्षको अन्त्यदेखि शुरू हुने स्थानीय तहको चुनाव, त्यसपछि आउने प्रदेश र संघको निर्वाचनका लागि तयारी गर्ने काम शुरू भएको छ।

दशैं, तिहार, छठ जस्ता चाडपर्वहरू दलहरूका लागि उपयुक्त अवसर हुन्। अनि शुरू हुन्छ– शुभकामना आदानप्रदान, भेटघाट र विभिन्न सांस्कृतिक कार्यक्रम। तर यी कार्यक्रमहरू उपयोग गर्ने दलहरूका उद्देश्य र प्राथमिकता चाहिं भिन्न–भिन्न छन्।

महाधिवेशनको प्रक्रियामा रहेको नेपाली कांग्रेसका नेता/कार्यकर्ता आन्तरिक प्रतिस्पर्धामा छन्। टुक्रा टुक्रामा टुटफुट भएका कम्युनिष्ट पार्टीहरू नयाँ संरचना बनाउने, भएको संरचनालाई थप व्यवस्थित गर्ने, पार्टीको फुटबाट हुने क्षतिलाई कम गर्ने प्रयत्नमा छन्।

प्रकाशित मिति: : 2021-10-11 11:02:00

प्रतिकृया दिनुहोस्