दसैँछेक जुरमुराएको ‘त्यो काठमाडौं’

शिलापत्र

अरविन्द रिमाल

काठमाडौंमा अन्योल, डर र सशस्त्र क्रान्तिको प्रारम्भ र अनिश्चितता व्याप्त भएको वातावरणबीच राणाशाहीविरोधी सशस्त्र क्रान्ति पनि विभिन्न ठाउँबाट एकैसाथ सुरु भयो। यसमा प्रमुख स्थान वीरगञ्ज थियो।

उता विराटनगरबाट ‘रेडियो प्रजातन्त्र नेपाल’ नामक रेडियो स्टेसनले काम चालु गरिसकेको थियो। तिनताका काठमाडौं खाल्डोभरिमा घरमा रेडियो हुने मानिसहरूको संख्या २ हजार पनि नाघ्दैनथियो होला। आ–आफ्नो रेडियोमा उपर्युक्त विद्रोही रेडियो स्टेसनको कार्यक्रम सुनेर एकअर्कोसित साउती गर्नेहरूको संख्याचाहिँ कम थिएन। अर्कोतिर ‘नेपाल’मा श्री ३ महाराजको राज कायमै थियो।

प्रकाशित मिति: : 2021-10-11 09:22:00

प्रतिकृया दिनुहोस्