पहिलोपोष्ट
दसैं नजिकिएसँगै हिमाली जिल्लाबाट वर्षेनि व्यापारी च्याङ्ग्रा लिएर पहाड झर्छन्। च्याङ्ग्राकै लागि कोही व्यापारी हप्तौँ लामो यात्रा तय गरी हिमाली जिल्ला पुग्छन्।
अप्ठ्यारो बाटो र दु:खजिलो यात्रा तय गरेर व्यापारी च्याङ्ग्रा ल्याइपुर्याउँछन्। गत शुक्रवार मात्र पहिरोले बन्द रहेको मुस्ताङको बाटो छिचोल्दै विकास मगरले आइतवार च्याङ्ग्रालाई पोखराको याम्दी ल्याईपुर्याए।
बाटो अवरुद्ध भएका कारण मुस्ताङदेखि उनको टोलीले बेनीसम्म पैदलयात्रा तय गरेको थियो। बेनीदेखि यता भने च्याङ्ग्रालाई ट्रकमा ल्याइएको हो।
दसैंको लागि च्याङ्ग्रा पोखरा झारेसँगै हेम्जा र याम्दी क्षेत्रमा व्यापारी र खरिदकर्ताको चहलपहल देखिएको छ। दु:खजिलो गरी च्याङ्ग्रा पोखरा ल्याएपनि बजार भने खस्किएको मगरको दुखेसो छ।
पछिल्लो वर्षभन्दा यो पालि च्याङ्ग्राको भाउ महँगिएका कारण खरिदकर्ता धेरै छैनन्। यसवर्ष च्याङ्ग्राको मूल्य मुस्ताङमा नै ४० हजार रुपैयाँसम्म पुगेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया