बालबालिकालाई दिन लागिएको फाइजर खोप के हो?

सेतोपाटी

डा. शेरबहादुर पुन

कोरोनाले सन् २०२० मा संसारभरका लाखौं मानिसलाई मृत्युको मुखमा पुर्‍यायो। हालसम्म पनि यो भाइरसले स्वरूप परिवर्तन गर्दै संक्रमण गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ।संक्रमणको निरन्तरतामा 'ब्रेक' लगाउन संसारभरी विभिन्न उपायहरू अपनाइएका थिए, छन्।

यी उपायमध्ये जनस्वास्थ्यका मापदण्डहरू- मास्क लगाउने, शारीरिक दुरी कायम गर्ने तथा हात धुने सबभन्दा बढी चर्चित रहे। तर विश्वमा धेरैले यो मापदण्ड व्यवहारमा लागू गर्न भने सकेनन्।

अर्को विकल्प भनेको कोभिड-१९ विरुद्धको खोप नै थियो। 

मैले पनि खोपलाई कोरोना महामारी नियन्त्रणमा निर्विकल्प उपाय हुनसक्ने भन्दै आइरहेको थिएँ। संसारभरका वैज्ञानिकदेखि अध्येताहरूसम्म यसमा एक मत देखिन्छन्।

इतिहासमै पहिलोपटक कोरोना खोपको विकास सबभन्दा छोटो अवधिमा भएको थियो। सुरूमा कोभिड खोप प्रति धेरैले टिका-टिप्पणी र प्रभावकारिता प्रति शंका-उपशंका पनि गरे। रोग नयाँ, खोप द्रुत गतिमा विकास हुनु वा छिटो उपलब्ध हुनु, क्लिनिकल परीक्षण पनि भर्खर मात्र सकिनु र सामाजिक सञ्जालहरूमा व्यक्त भएका नकारात्मक टिप्पणीले गर्दा यस्तो सोच जोकोहीमा आउनु स्वाभाविक थियो।

मैले यसबीच नेपाली समुदायमा खोपको महत्व र अनुसन्धानबाट निस्किएको नतिजामा विश्वास गराउन र बुझाउन भरमग्दुर प्रयास गरेँ। अरू धेरैले पनि गर्नुभयो। हाल खोप प्रति धेरैको विश्वास ह्वात्तै बढेको देखिन्छ। खोपको माग बढ्नुले पनि यो कुरा प्रमाणित गर्छ।

प्रकाशित मिति: : 2021-10-08 11:21:00

प्रतिकृया दिनुहोस्