'मलाई लेखकवाला प्रोफाइल मन पर्दैन'

थाहा खबर

काठमाडौँ

'डुमेरो' पुस्तकमार्फत लेखकको छवि बनाएकी सरला गौतम लामो समय पत्रकारिता र अखबारीय लेखनमा रुचाइएको नाम हो। पत्रकारिताबाट लेखकीय जीवन आरम्भ गरेकी गौतम सामाजिक सरोकारका विषयमा आलोचनात्मक टिप्पणी गर्न माहिर मानिन्छिन्। अखबारका पानामा सामाजिक होस् वा राजनीतिक मुद्दा‚ सबैमा निर्धक्कसँग अभिव्यक्त दिने गर्छिन्।

तराईका समथर फाँटदेखि हिमालमा काखसम्म, दूरदराजका गाउँमा हिँड्नु, डुल्नु मानिसका कथा देख्नु,सुन्नु, लेख्नु अनि फिरन्ते जीवन बाँच्नु उनको शोख  हो। यसैबीच कोरोनाले उनको फिरन्ते जीवनमा ब्रेक लाग्यो। गौतमसँग उनको दैनिकी, लेखन र यात्राबारे थाहाखबरकर्मी राजु पौडेलले कुराकानी गरेका छन्।

सुझाव नै सुझाव दिने विद्वान् भएको समाजमा हुर्केकाले मलाई जिज्ञासा मेट्न मन लागिहाल्यो। सामाजिक सञ्जालमा अझ विशेष गरी टिकटकमा रमाइलो गरिरहनुहुन्छ। लेखकपत्रकार तथा कठोर टिप्पणीकार जस्तो मान्छे सामाजिक सञ्जालमा सिरियस हुनुपर्दैन? भनेर कसैबाट सुझाव आइसक्यो कि छैन?

लेखक भनेको समाजमा समानताको वकालत गर्ने पात्र हो। अक्षरको माध्यमबाट आफूलाई व्यक्त गर्दैमा म अरू मानिसभन्दा विशिष्ट होइन। कतारमा काम गरेर थाकेका वेला टिकटक बनाएर रमाउने एउटा युवाभन्दा म कसरी फरक भएँ ? घरको सबै दिक्दारी थामेर टिकटकमा रमाउने गृहणीभन्दा म कसरी खास भएँ? कोही मानिस खास हुन् र कोही मानिस आम हुन् भनेर ठान्नु नै गलत हो।

प्रकाशित मिति: : 2021-10-07 18:05:00

प्रतिकृया दिनुहोस्