सोमबार, १५ डिसेम्बर २०२५

नेपाल क्रिकेट संघ क्यानकाे सचिवमा प्रशान्तविक्रम मल्ल नियुक्त

फाइल तस्वीर
• • •

नेपाल क्रिकेट संघ (क्यान) ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ।

निवर्तमान सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो।

क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो।

यस्तै, क्यानले डिसेम्बर २५ मा साधारणसभा गर्ने निर्णय गरेको छ।

क्यानको बैठकले कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम चार जिल्ला हुनुपर्ने वैधानिकअनुसार कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!