‘ऋण काढेर सरकारलाई कर तिरें, लालपुर्जा पाइन्छ होला नि!’

सेतोपाटी

काठमाडाै‌

कैलालीको कैलारी गाउँपालिका-३ मोहनपुरका सुनिल चौधरीले उपभोग गर्दै आएको जग्गाको पहिले कर तिरेका थिएनन्। योभन्दा अगाडि राज्यबाट सुविधा नपुगेको भन्दै उनीहरूले कर तिर्न चाहेका थिएनन्।

उनले अहिले भने लालपुर्जा पाउने आशमा चार बिघा जमिनको १० वर्षको कर एकै पटक तिरे।

उनले एैलानी जग्गामा बस्नेहरूलाई लालपुर्जा दिने भन्ने सुनेपछि उपभोग गरिआएको जमिनको कर तिरेका हुन्।

‘मलाई वडाबाट खबर आयो, जग्गा उपभोग गरिरहेको सरकारी कागजपत्र भए लालपुर्जा पाइने छ भनेर मैले जमिनको कर तिरें,’ उनले भने।

वडा कार्यालयबाट फोन आएपछि उनीसहित गाउँलेहरूले कर बुझाउने भने। कानुनी हिसाबले जग्गा उपभोग गरिरहेको प्रमाण उनीहरू चाहन्थे।

वडा कार्यालयमा कुरा भयो। के, कसरी कर लिने-दिने भन्ने सल्लाह भयो।

‘कसैले १० कसैले १५ वर्षदेखिको कर तिर्नुपर्ने भने, हामीले १० वर्षको तिर्‍यौं,’ उनले भने।

ग्राभेल भएकै ठाउँमा पनि फरक कर तोकियो। बसेको जमिनको ५८ रुपैयाँ प्रतिकट्ठा र खेतको ५२ रुपैयाँ प्रति कट्ठाका दरले कर तिरेको उनले बताए।

४० वर्षदेखि उनका पुस्ताले सो जमिनमा खेतीपाती गर्दैआएका छन्।

प्रकाशित मिति: : 2021-10-07 11:19:00

प्रतिकृया दिनुहोस्