भेन्टिलेटर छन्, चलाउने मान्छे छैनन्

हिमाल खबर

काठमाडाै‌

कोभिड-१९ संक्रमणका कारण फोक्सोमा समस्या र निमोनिया भएको १५ दिनसम्म आईसीयूमा राख्दा पनि अक्सिजन स्तरमा खासै सुधार नआएपछि नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलका लागि भेन्टिलेटर नै अन्तिम विकल्प बन्यो। खरेललाई मुखमा मास्क लगाएर दिइने नन्इन्भेसिभ भेन्टिलेसनमा राखिएको थियो।

फोक्सोको तन्किने क्षमता घट्दै गएपछि हाई फ्लो अक्सिजन थेरापी र हाई फ्लो नासुल क्यानुल्ला (एचएफएनसी) पद्धतिबाट खरेललाई उपचार गरिएको नेपाल प्रहरी अस्पतालका पल्मोनरी क्रिटिकल मेडिसिन विशेषज्ञ डा. मनोजकुमार यादव बताउँछन्। उनी भन्छन्, 'फोक्सोमा श्वास भर्न भेन्टिलेटर प्रयोग गरी खरेललाई बचाउन सकिएको हो।'

प्रकाशित मिति: : 2021-10-07 10:59:00

प्रतिकृया दिनुहोस्