सनम शाक्यको परिवार भन्छ : चार वर्ष आँसुको आहालमा डुब्यौँ, आज न्याय पाइयो

बाह्रखरी

काठमाडौं

उर्लाबारी मोरङको दोस्रो प्रमुख सहर हो । बसाइँ सराइका लागि उपयुक्त मानिएको उर्लाबारी पछिल्लो समय घना आवादीयुक्त सहर बनिसकेको छ । राजमार्गको विकाससँगै विस्तार भएको यो सहरको चौकमै पुरानो काठको भुइँतले घर छ । 

कल्पना शाक्यका लागि पछिल्लो चार वर्ष घरको बरन्डा र चौघेरा नै सबैथोक बनिदियो । टोलाएरै धेरैदिन बिताइन् । कति रात अनिँदै बिते । तर, मंगलबार अदालतले गरेको एउटा फैसलाले भने कल्पनालाई अलिकति भएपनि राहत मिल्यो । 

“न्याय मर्दैन भन्ने सुनेकी थिएँ सत्य रेहछ,” उनले भनिन्, “छोरो फर्किएर आउँदैन तर, अपराधीले सजाय पाएको छ ।” 

कल्पना ३३ किलो सुन तस्करी प्रकरणमा हत्या गरिएका सनम शाक्यकी आमा हुन् । सुन गायब गरिदिएको भनेर यातना दिएर सनमको हत्या भयो । तर, न सनमकी आमा कल्पनाले सुनका गहना लगाएकी छन् न उनकी श्रीमती सुनिताले नै ।

मंगलबारको जिल्ला अदालत मोरङको आदेशले ३३ किलो सुन प्रकरण मुद्दामा प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्मकैदको फैसला सुनाएको छ । 

प्रकाशित मिति: : 2021-10-06 07:29:00

प्रतिकृया दिनुहोस्