बिएल संवाददाता
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ। मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।
राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्याे। मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए। कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जाेडे।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।
मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ। मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया