महानायक विवादको शल्यक्रिया

अनलाइनखबर

काठमाडौँ

 

प्रकाश शर्मा ढकाल

 

अहिले नेपाली चलचित्र जगत कोरोना महामारीका बीच पनि तातेको छ । कुनै नयाँ चलचित्रले अपार सफलता प्राप्त गरेको, चलचित्र निर्माण र प्रदर्शनमा अस्वस्थ प्रतिस्पर्धा भएको वा चलचित्र इतिहासमा कुनै चलचित्र वा चलचित्रको पात्रले कुनै इतिहास रचेका कारण चलचित्र बजार तातेको चाहिं होइन । फुर्सदिला उत्पादक, बेरोजगार कलाकारका बीच यसरी चलचित्र जगत तातेको नेपाली चलचित्र क्षेत्रको महानायकको विषयलाई लिएर हो ।

एउटा टेलिभिजन कार्यक्रमले नायक राजेश हमाललाई महानायकको उपाधिसहित सम्मान गरेको थियो । पछि चलचित्र प्राविधिक संघले पनि औपचारिक रूपमा उनलाई महानायकको उपाधि दिएको थियो । नेपाली चलचित्र जगतमा राजेश हमालको महानायक उपाधिको विषय त्यति विवादमा आएन । शायद नेपाली दर्शकले यसलाई सहजै स्वीकार मात्र गरेनन्, आफ्नो वास्तविक महानायक राजेश हमाललाई नै निरन्तरता दिएका कारणले कोही कसैलाई चित्त नबुझेको भए पनि मौनप्रायः नै रहे ।

प्रकाशित मिति: : 2021-10-05 11:23:00

प्रतिकृया दिनुहोस्