आगोले शरीर जलायो, आत्मविश्‍वास जलाएन

शुष्मा बराली

 

‘यो सबै उत्पादन आगोबाट जलेका दिदी-बहिनीहरूले तयार गर्नुभएको हो, यो हाम्रो आफ्नै उत्पादन हो,’ उनको स्टलमा सामान हेरिरहेका आगन्तुकलाई भन्दै थिइन्, राधा श्रेष्‍ठ (४३ वर्ष)। काठमाडौं वसुन्धरामा ‘राधाको बर्न सर्भाइभल नेपाल’ नामक संस्था सञ्‍चालन गर्छिन्, उनी। उनको संस्थामा दुर्घटनावस आगोमा जलेका महिलाहरू कार्यरत छन्।

यो संस्थामा विभिन्‍न थरिका वास्नादार मैनबत्ती, पोते र क्रिस्टलका सामग्री तयार गरिन्छ। यहाँ उत्पादित सामग्री विभिन्‍न प्रदर्शनी र कार्यक्रममा स्टल राखेर बिक्री गरिन्छ। राधाले कमलपोखरीस्थित सिटी सेन्टरको माथिल्लो तलामा महिला चेम्बरद्वारा आयोजित १५ दिने उद्यमी मेलामा स्टल राखेकी छन्। स्टलमा आएका ग्राहकलाई उनी आफ्नो संस्थाको बारेमा जानकारी दिन्छिन्। ग्राहकले निकै ध्यानपूर्वक सुन्छन् र सामान खरिद गर्छन्।

जुनुनले जन्माएको संस्था

संस्थाकी संस्थापक राधा आफैँ आगोबाट जलेकी पीडित हुन्। घरमै सिलिन्डरबाट खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा उनी घाइते भएकी थिइन्। ‘१५ वर्ष भइसकेछ त्यो डरलाग्दो घटना भएको, मेरो जीवनको सबैभन्दा अप्रिय क्षण,’ उनले भनिन्। सोही घटनामा राधाले आमा गुमाउनुपरेको थियो। घटनापछि उपचारका लागि काठमाडौं साँखुस्थित सुष्‍मा कोइराला मेमोरियल अस्पतालको शय्यामा उनी ३९ दिनसम्म छटपटाइरहिन्।

प्रकाशित मिति: : 2021-10-05 11:18:00

प्रतिकृया दिनुहोस्