प्रचण्डले भने- सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने बताएका छन्।

पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको बताएका हुन्।

उनले मन्त्रिपरिषद विस्तार गरेर आज सपथ ग्रहण गर्ने, नभए मन्त्रालयको भागबण्डा टुंग्याउने बताए। ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम आजै हुन्छ,’ अध्यक्ष प्रचण्डले भने।

प्रकाशित मिति: : 2021-10-04 14:03:00

प्रतिकृया दिनुहोस्