लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य

गोरखापत्र

खिमलाल देवकोटा

भूमिका– लोकतन्त्र महँगो र झञ्झटिलो व्यवस्था हो तर यसको विकल्प छैन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। त्यसैले लोकतन्त्रकै लोकतन्त्रीकरण गर्नुपर्ने खाँचो आजको नेपाली राजनीतिको हो भन्ने तथ्यका बारेमा चर्चा गर्नु यो आलेखको आशय रहेको छ। सबैभन्दा सस्तो र कम खर्चिलो शासन व्यवस्था जहानियाँ राणा शासन थियो होला। त्यो आमनेपालीका लागि उचित थिएन। पञ्चायत जचेन। संवैधानिक राजतन्त्र पनि जचेन। ज्ञानेन्द्रको शासन जचेन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सात दशक लामो त्याग, बलिदान र सङ्घर्ष गरेर हजारौँ शहीदको बलिदानको मूल्यमा यो शासन व्यवस्था प्राप्त भएको छ। त्यसैले यसको विकल्प यही हो। यसको थप लोकतन्त्रीकरण नै आजको आवश्यकता हो।

नोभेल पुरस्कार विजेता ‘द आइडिया अफ जस्टिस’का लेखक अमत्र्य सेनले डेमोक्रेसीका बारेमा सङ्कुचित व्याख्याप्रति आफ्नो असन्तुष्टि पोख्दै लेखेका छन्– लोकतन्त्र पाँच वर्षमा एक पटक भोट खसाल्ने ब्यालेट बक्स मात्रै होइन। डेमोक्रेसी भनेको त बृहत्तर जनताको रोजाइ हो। आमजनताको परिकल्पनाको आपूर्ति हो। 

प्रकाशित मिति: : 2021-10-04 06:24:00

प्रतिकृया दिनुहोस्