उच्च शिक्षा अध्ययनको लागि २०५३ सालदेखि गोरखाको एउटा गाउँबाट काठमाडौं छिरे। २०६० सालमा एक वर्ष फेरि गाउँमै फर्कें र त्यसपछि पुनः यो राजधानी सहरमा निरन्तर बस्दै आएको छु।
यसका पछाडि मेरा आवश्यकता, रहर र बाध्यता सबै छन् थोरबहुत। यतिका लामो समयसम्म सहरमा बस्दा समेत म सहरिया हुन किन सकिरहेको छैनरु आज म यो आलेखमा यही विषय खोतल्ने प्रयास गर्दैछु। यसमा तपाईंका फरक मत हुन सक्छन्। यी मेरा नितान्त निजी अनुभव हुन्।
गाउँले परिवेशमा हुर्केको, बढेको र स्नातक तहसम्मको अध्ययन समेत गाउँमै गरें। यद्यपि गोरखाको सदरमुकाम हिलेपोखरीमा क्याम्पस रहेको भए पनि गोरखा बजारबाट ३र४ कि। मी। पर गाउँजस्तै ठाउँमा थियो। मैले सो अवधिभर क्याम्पस वरपर नै डेरा लिएर बसेको हुँदा सहरिया वातावरणले छुनै सकेन। त्यसपछि अध्ययनलाई निरन्तरता दिने क्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पस, कीर्तिपुर आएँ। त्यतिबेला गोरखा क्याम्पसमा स्नातकोत्तर तहको पढाइ हुँदैनथ्यो। झण्डै त्यसको एक दशकपछि गोरखा क्याम्पसमा नै स्नातकोत्तर तहको पढाइ हुन थाल्यो सायद।