लिली : मेरी आमा

बाह्रखरी

राजेश्वरी घिमिरे

कताकताबाट घरीघरी एउटै आवाज सुनिएजस्तो लागिरहेथ्यो। सपनामा हो कि विपनामा, होसमा हो कि बेहोसमा जस्तो। घरी त्यो टेलिफोनको आवाजजस्तो सुनिन्थ्यो, घरी मोबाइलको रिङटोनजस्तो। घरी डोरबेलको आवाजजस्तो पनि।

म आँखा उघार्ने प्रयत्न गरिरहेकी थिएँ, तर मेरा आँखा केले टालिएका थिए कुन्नि, उघार्नै सकिरहेकी थिइनँ। अकस्मात् तीनवटै आवाज मिसिएर एकैचोटि कर्कश आवाज गुन्जिएजस्तो लाग्यो।

बल्ल मेरा आँखा खुले। म यति थकित महसुस गरिरहेकी थिएँ, मानौँ महिनौँदेखि ओछ्यानमै कुँजिएर बस्न विवश दीर्घरोगी हुँ।

प्रकाशित मिति: : 2021-10-02 09:53:00

प्रतिकृया दिनुहोस्