जगदम्बा मोटर्सले एनटर्कियनको परिवारमा ५०,००० माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ।

राइड असोज १६, २०७८ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुने छ। भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो। यसले सबै राइडरहरुलाई एक अर्कासंग जाेड्नका लागि र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ।

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर आयोजना गरिदैँछ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ। यही संख्याको थप सँगै, हामी हाम्रा राइडरहरुको लागी एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागि प्रतिबद्ध रहेका छौँं। मलाई आशा छ कि एनटिर्कएनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ।’

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँ देखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ।

अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। टिभियसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन्।

प्रकाशित मिति: : 2021-10-01 13:58:00

प्रतिकृया दिनुहोस्