अंग्रेजी संवत्को २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवस। विश्व पर्यटन दिवसको अघिल्लो दिन पोखराले विभिन्न देशका राजदूत र नेपालस्थित विकास साझेदार नियोगका प्रमुखहरुलाई स्वागत गर्यो। पोखरा र समग्र नेपालको पर्यटनलाई ‘ब्रान्डिङ’ गर्न तथा कोभिडपछिको पुनरुत्थानको लागि उनीहरुको यात्रा फलदायी हुने विश्वास लिइयो।
संयोग, सेप्टेम्बर २६, चलचित्रका माध्यमबाट नेपाललाई भारतीय बजारमा ब्रान्डिङ गर्ने हिन्दी सिनेमाका सदावहार हिरो देव आनन्दको जन्मदिन थियो। पर्यटन प्रबद्र्धनको प्रयास भइरहँदा देव आनन्दले पोखरालाई लगाएको गुन भने कमैले सम्झे।