करोडौँका घर भएका सहरियालाई कौसीखेती गर्न सरकारको १० हजार अनुदान

सहरमा करोडौँ पर्ने तीन–चारतले घर छ। कोठा भाडामा लगाएर महिनामै दशौँ हजार बुझ्छन्। यिनै सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती सरकारले कौसीखेतीका नाममा १० हजार अनुदान बाँडिरहेको छ। र, घरधनीहरू पनि अनुदान हात पार्न लाइन लाग्ने गरेका छन्। जब कि तरकारी खेतीबाटै परिवार पाल्ने सहरी क्षेत्र आसपासका वास्तविक किसान राज्यको अनुदानबाट वञ्चित मात्रै छैनन्, उत्पादनको उचित मूल्यसमेत नपाएर निराश छन्।

१० हजार अनुदान बुझ्नेमा काठमाडौंको केन्द्र न्युप्लाजा, नयाँ बानेश्वर, बुद्धनगर र थापाथलीमा घर भएकाहरू पनि छन्। काठमाडौं– १० नयाँ बानेश्वरका २५ घरधनीले सागरिका भट्टको नाममा समूह बनाएर १०–१० हजारका दरले दुई लाख ५० हजार अनुदान लिएका छन्। अनुदान प्राप्त गर्न २५ जनाको समूह बनाएर प्रस्ताव लैजानुपर्छ। त्यस्तै, काठमाडौं– ३ बुद्धनगरका घरधनीले पनि नेपाल महिला मैत्री समाज नाममा समूह बनाएर १०–१० हजारका दरले दुई लाख ५० हजार नै लिएका छन्। 

प्रकाशित मिति: : 2021-10-01 10:50:00

प्रतिकृया दिनुहोस्