को हो चलचित्र रिलिजको बाधक ?

बाह्रखरी

काठमाडौं

 सिनेमा हल खुले पनि ठूलो ब्यानरका चलचित्र यो दसैँमा रिलिज नहुने भएका छन् । देशभरका सिनेमा हल नखुलेको र दर्शक सिनेमा हल जान्छन् वा जाँदैनन् भन्ने निश्चित नहुँदा यो वर्षको दसैँमा ठूलो ब्यानरका सिनेमा रिलिज नहुने भएका हुन् ।

सानो ब्यानरका केही चलचित्र भने रिलिज हुनेछन् । रिलिज हुने भनिएका चलचित्रले दर्शक नतान्ने करिब निश्चित छ । त्यसैले सिनेमा रिलिजको वातावरण बनाउन समन्वयका लागि गठित कार्यदल अहिले पनि निर्माताहरूसँग छलफल गरिरहेको छ । तर, रिलिजका लागि निर्माताहरू तयार छैनन् ।

मिनिमम ग्यारेन्टी (एमजी) नगरेसम्म करोडौँ रकम जोखिममा राख्न नसकिने निर्माताहरूले बताउँदै आएका छन् । सिनेमा हलले महँगो एमजी ग्यारेन्टी गर्न नसकिने जनाएका छन् । परिणामः यो दसैँमा सिनेमा हेर्नबाट दर्शक वञ्चित हुने भएका हुन् ।

प्रकाशित मिति: : 2021-09-29 07:55:00

प्रतिकृया दिनुहोस्