९५ प्रतिशतभन्दा बढी मुटु रोगको उपचार नेपालमै सम्भव छ (भिडिओ)

सेतोपाटी

काठमाडौं
Breaknlinks
Breaknlinks

विशेषगरी वयष्कहरूमा रूमाटिक हर्ट डिजिज भन्ने समस्या छ। यो मुटुका भल्भहरू बिगार्ने रोग हो। मान्छेलाई 

टन्सिलाइटिसका रूपमा घाँटी दुख्ने, ज्वरो आउने समस्याबाट सुरू भएर कालान्तरमा यसले मुटुका भल्भहरू बिगार्न सक्छ।

अर्को समस्या भनेको कोरोनरी आर्टरी डिजिज हो। यसले कालान्तरमा गएर हृदयाघात गराउन सक्छ। यो रोग विशेष गरेर वंशाणुगत हुनसक्छ।

खानपिनमा आएको परिवर्तन, बोसोजन्य, चिल्लोजन्य, कार्बोहाइड्रेट बढी भएका खानाहरू खाएमा यस्तो रोगको खतरा धेरै हुन्छ। त्यस्तै गुलिया चिजहरू, भात र आलुको मात्रा बढी खाने भए पनि यस्तो समस्या निम्तिन्छ। 

त्यसपछि शरीरको तौल नियन्त्रण नहुनु, शारीरिक व्यायामको कमी, अत्यधिक धूमपान, मद्यपान, रगतमा मधुमेह, कोलस्ट्रोलको मात्रा नियन्त्रण नहुनु पनि मुटु रोग लाग्न सक्ने कारणहरू हुन्।

तनावयुक्त जीवनयापन, सुत्ने र उठ्नेको ठेगान नहुने मान्छेहरूलाई समेत मुटु रोग लाग्न सक्छ। जन्मजात मुटु रोगका बिरामी पनि हुन्छन्। त्यसमा वंशाणुगत कारण, बच्चा पेटमा आएपछि सन्तुलित भोजन अभाव र धूमपान र मद्यपान गर्ने आमाको कारण जिम्मेवार छ।

प्रकाशित मिति: : 2021-09-29 07:16:00

प्रतिकृया दिनुहोस्