‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’

बिएल संवाददाता

सिन्धुपाल्चोक
File Photo
File Photo

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन्। नेपाली कांग्रेसद्वारा मङ्गलबार मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हुन्। 

विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका हुन्। बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो।

गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो। नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताए। साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताए।

प्रकाशित मिति: : 2021-09-29 06:51:00

प्रतिकृया दिनुहोस्