काठमाडौंप्रेस
नवगठित नेकपा (एकीकृत समाजवादी)का महासचिव हुन्, डा. वेदुराम भुसाल। पुराना र इमानदार कम्युनिस्ट नेता हुन् उनी। स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)मा विद्यावारिधि गरेका छन्, भुसालले। अहिले एकीकृत समाजवादीले आफ्नो मार्गदर्शक सिद्धान्त जबज कि जनताको बहुदलीय समाजवाद (जबस)लाई बनाउने हो भन्नेमा पार्टीभित्र र बाहिर दुवैतर्फ बहस देखिन्छ। पार्टीको मार्गदर्शक सिद्धान्त, आगामी कार्यदिशा र एजेन्डाका विषयमा केन्द्रित रहेर काठमाडौं प्रेसका लागि शुष्मा बरालीले महासचिव भुसालसँग गरेको कुराकानी :
एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा के हो ?
हामीले स्पष्ट व्याख्या गरेका छौँ, एकीकृत समाजवादीको कार्यदिशा भनेको वैज्ञानिक समाजवाद हो। मार्क्सवाद-लेनिनवादको सिद्धान्तअनुरूप द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण र विशेषगरी श्रमजीवी वर्गको हितमा काम गर्दै अगाडि बढ्ने हो। मजदुर वर्गको हितमा काम गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको मुख्य ध्येय छ। एकीकृत समाजवादी मूलतः मार्क्सवादलाई लिएर गतिशील वैज्ञानिक सिद्धान्तको प्रयोग गर्दै सिर्जनात्मक रूपले अगाडि बढ्ने विचारप्रति प्रतिबद्ध छ। राजनीतिक परिस्थितिअनुसार मार्क्सवादको गतिशीलता अवलम्बन गर्छौँ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया