एमाले स्थायी कमिटी बैठक जारी, १० बुँदे कार्यान्वयनबारे छलफल हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बसिरहेको छ।

बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे छलफल भइरहेको एक नेताले बताए।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको विषय उठाएका थिए।

केन्द्रीय सदस्यहरूको प्रश्नमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा छलफल हुने बताएका थिए।

दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीमा असन्तुष्टि देखिएको छ।  
 

प्रकाशित मिति: : 2021-09-27 13:32:00

प्रतिकृया दिनुहोस्