यसरी बदलौं पर्यटनको शैली

हिमाल खबर

काठमाडाैं

 आशिष श्रेष्ठ  

कोभिड-१९ को महामारीका कारण डेढ वर्ष यता अन्य क्षेत्र जस्तै नेपालको पर्यटन क्षेत्र थिलथिलो बनेको छ। तर, सामान्य अवस्थामा पनि यो क्षेत्रका केही समस्या कहिल्यै हटेनन्।

खास गरी हाम्रा सम्पूर्ण पर्यटकीय गन्तव्यबारे सूचना र जानकारी नै उपलब्ध छैन। भेटिए पनि पर्याप्त हुँदैन। विदेशी पर्यटक त परको कुरा, स्वदेशको पर्यटकीय गन्तव्यबारे बुझ्ने सामग्रीको अभावमा आन्तरिक पर्यटकहरूले नै असुविधा र सास्ती भोग्ने गरेका छन्।

विदेशी पर्यटक त परको कुरा, स्वदेशको पर्यटकीय गन्तव्यबारे बुझ्ने सामग्रीको अभावमा आन्तरिक पर्यटकहरूले नै असुविधा र सास्ती भोग्ने गरेका छन्।

उदाहरणमा आफ्नै कुरा गरौं। सन् २०११ मा साथी अभिषेक पाण्डे र म पदयात्राका लागि मुस्ताङ जाने भयौं। जानुअघि मुस्ताङको भौगोलिक, प्राकृतिक र सांस्कृतिक पक्षबारे बुझ्न सूचना र जानकारी खोज्न थाल्यौं। तर, एकै ठाउँमा भेटिएन। विभिन्न पुस्तक र अनुसन्धान सामग्री पढ्नुपर्‍यो। यसले हामीलाई के लाग्यो भने, नेपालमा पर्यटकका लागि गन्तव्यहरूको एकीकृत सूचनाको अभाव छ।

अन्ततः हामीले सन् २०१६ मा हनीगाइड नामक कम्पनी स्थापना गर्‍यौं, र पर्यटकीय गन्तव्यहरूका एकीकृत सूचना उपलब्ध गराउने गरी कम्पनीकै नामबाट एप बनायौं। जीवनमा पर्यटन क्षेत्रमा संलग्न भइएला भनेर कल्पना नै गरेको थिइनँ, घुमफिरका लागि सूचना खोज्ने क्रममा यो व्यवसायमा आबद्ध हुन पुगें।
 

प्रकाशित मिति: : 2021-09-27 12:59:00

प्रतिकृया दिनुहोस्