तामाङहरूले इतिहासमा भोगेको भुक्तमान

नयाँ पत्रिका दैनिक

राजकुमार दिक्पाल

काठमाडौं उपत्यका वरिपरि प्राचीनकालदेखि नै आवाद भएर पनि युगौँदेखि तामाङहरूलाई पछौटेपनले छाड्न सकेको छैन। काठमाडौंमै पुरातात्विक  अन्वेषणका क्रममा फेला परेको प्राचीन पाषण हतियारका आधारमा पुरातत्वविद् जनकलाल शर्माले ती हतियारसँग तामाङहरूलाई जोडेर उनीहरूको प्रागऐतिहासिकताबारे केही खुलासा गरेका छन्।

उनले आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३८८–३९२)मा रुसी प्रागऐतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ सटेन्कोको खोजलाई तामाङहरूको प्राचीनतासँग जनकलालले जोडेर हेरेका छन्। नेपाल सरकार र सोभियत संघ (रुस)सँगको सांस्कृतिक सम्झौताअनुसार लेनिनग्राद विश्वविद्यालय, पुरातत्व संस्थानका पुरातत्वविद् डा. सटेन्को २०३४ माघ २ गतेदेखि चैत ११ सम्म पुरातात्विक  अध्ययन गर्न नेपाल आएका थिए।

प्रकाशित मिति: : 2021-09-25 10:03:00

प्रतिकृया दिनुहोस्