यस्ताे छ प्रविशाकाे दुई सयदेखि दुई लाखसम्मकाे यात्रा, दशैँमा यी युवकसँग बिहे गर्दै

Breaknlinks
Breaknlinks

पछिल्लो समयकी चर्चित गायिका प्रविशा अधिकारीलाई नचिन्ने स्रोता तथा दर्शकहरु कमै होलान्।

सांगीतिक यात्रामा लामो संघर्ष गरेर सफलता हात पारेकी प्रविशाका तीन दर्जनभन्दा बढी गीतहरु चर्चित छन्।

त्यसो त, उनले हालसम्म करिब दुई सयभन्दा बढी गीतहरुमा स्वर दिइसकेकी छन्। ती मध्ये राजवल्लभ कोइराला र गरिमा पन्त अभिनित चलचित्र 'प्रीतिको फूल'मा रहेका 'डर थ्यो मलाई' र 'प्रीतिको फूल' लगायतका गीतहरुले उनलाई स्रोतामाझ 'नोटिस' गरायो।

त्यसयता उनले विभिन्न चलचित्र र आधुनिक गीतहरुमा स्वर दिँदै आएकी छन्। प्रविशाका 'कस्तो मीठो', 'मायाले बाँध्यो यसरी', 'हर युग होस्', 'आइदेउन', 'ए भूपु मायालु', 'मायामा', 'तिमी हौ', 'बतास', 'दिलकी रानी', 'माया तिमीसँगै', 'कति माया गर्छौ र', 'गोधुली साँझमा', 'पीपलछेउमा वर' लगायतका गीतहरु चर्चित छन्।

त्यतिमात्र होइन, पछिल्लो समय प्रदिप खड्का र मिरुना मगर अभिनित चलचित्र 'रोज'मा सामवेश गरिएको 'फूल होइन' बोलको गीतले उनलाई झन् लोकप्रिय बनायो। अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र 'ए मेरो हजुर-३' मा रहेको उनको 'जिन्दगी नै भन्दैन' बोलको गीत पनि सुपरहिट बन्यो।

सुमुधुर स्वरकी धनी प्रविशाको आवाजलाई कहिलेकाहीँ दर्शक तथा स्रोताहरुले सुन्दर टीप्पणी गर्छन्, 'प्रविशाको कण्ठमा इश्वरले नै कोइली राखिदिए।'

त्यसो त, प्रविशाको स्वरसँगै सुन्दरता पनि उत्तिकै छ। तर उनको नाम र अनुहार कमैलाई थाहा छ। गीत भने नसुनेका नेपालीहरु सायदै भेटिएलान्।

वास्तवमा उनी मिडियामा आउन खासै रुची राख्दैनिन्। सञ्चारकर्मीहरु नै उनलाई खोज्दै हिँड्छन्। 

उनी बजारको कोलाहलबाट टाढा रहेर आफ्नो सांगीतिक यात्रामै साधना गर्न रूचाउँछिन्। पछिल्लो समयका केही कलाकारहरुजस्तो उनलाई 'भाइरल'को कुनै मोह छैन। न त, पैसाको नै। उनी वश्, गीतलाई पूजा गर्छिन्। यसलाई आफ्नो कर्म ठान्छिन्।

सुरूमा दुई सय पारिश्रमिक लिएर सांगीतिक यात्रा सुरु गरेकी प्रविशाले अहिले दुई लाखसम्म लिन्छिन्।

नेपाली मिडियामा विभिन्न कलाकारहरुको सम्बन्धबारे 'गसिप' बन्नु कुनै नाैलाे कुरा हाेइन। कसैको 'लभ' पर्यो, गसिप बन्छ। कसैको 'ब्रेकअप' भयो, गसिप बन्छ। कोही राेयाे-हाँस्यो, गसिप बन्छ। कोही सँगै घुम्न गयो, गसिप बन्छ। कोही सँगै बार-क्लब गयो, गसिप बन्छ। कसैले गाडि किन्यो, गसिप बन्छ। कसैले बढी पारिश्रमिक लियो, गसिप बनिहाल्छ।

यस्ता गसिपहरू अब स्राेत तथा दर्शकहरूकाे लागि मिडियामा सामान्य बन्दै गइसकेकाे छ। तर प्रविशाकाे हकमा भने कुनै गसिपले ठाउँ पाएन।  करिब डेढ दशक लामो सांगीतिक यात्रामा उनलाई कुनै गसिप शिकार बन्नु परेन। कहिल्यै कुनै आलोचनात्मक क्षण आएन। बडो संवेदनशील तरिकाले उनी आजसम्म आइपुगिन्।

अझै भन्ने हो भने, नेपालको सांगीतिक क्षेत्रमा उदाहरणीय गायिका हुन्, प्रविशा। शालिन र भद्र छिन्। मीठो स्वर छ। सफल छिन्। आफ्नो कर्ममा विश्वास गर्छिन्।

उनी पछिल्लो समय बालबालिकाहरुको लागि सुरु हुन लागेको सांगीतिक रियालिटी शो 'दी भ्वाइस किड्स'मा पनि निर्णायक बन्दैछिन्। उनले गायकहरु प्रमोद खरेल, राजु लामा र गायिका मिलन नेवारसँग निर्णयकको भूमिका निभाउन लागेकी हुन्।

दशैँमा बिहे

यसैबीच, उनी अब चाँडै बैबाहिक जीवन पनि सुरु गर्दैछिन्। बिएल नेपाली सेवालाई उनको परिवारिक स्रोतले दिएको जानकारी अनुसार प्रविशाले आगामी दशैँको अवसर पारेर निर्माण सिटौलसँग बिहे गर्न लागेकी हुन्।

झापा घर भएका सिटौलासँग उनी केही वर्षयता प्रेम सम्बन्धमा रहदै आएकी थिइन्। सिटौला हाल अमेरिकाको भर्जिनियामा बस्दै आएका छन्। उनी आइटी इन्जिनियर हुन्। 

प्रकाशित मिति: : 2021-09-24 11:31:00

प्रतिकृया दिनुहोस्