होटेल एम्बासेडर : महारानी एलिजाबेथसँगका ती संयोग वियोग !

प्रबिता श्रेष्ठ

डा. बाबुराम भट्टराई प्रधानमन्त्री छँदा काठमाडौंमा सडक विस्तारको लहर चल्यो । खासगरी, काठमाडौंका रैथाने समुदायले त्यसको चर्को आलोचना गरे । तर, सरकार रोकिएन, सडक किनारमा बनेका घरहरूमा डोजर चलाइयो । लाजिम्पाटस्थित होटेल एम्बासेडर पनि त्यसबाट अछुतो रहन सकेन ।

होटेल प्रांगणमा सरकारी डोजर प्रवेश गर्‍यो । ३२ कोठे बुटिक होटेल केही क्षणमै ‘ग्राउन्ड जिरो’मा परिणत हुँदै थियो । तब होटेल सञ्चालक योगेन्द्र शाक्यले निर्णय लिए, आफैंले पुरानो भवन भत्काएर भव्य महल बनाउने । ‘मेरो होटेल म आफैँ भत्काउँछु,’ यति भनेर उनले सरकारी डोजरलाई फिर्ता पठाए । भवन भत्काउदै गर्दा सँगै एउटा ब्यानर टाँसे शाक्यले, ‘एभ्री चेन्ज ब्रिङ्स् अपरच्युनिटिज’ अर्थात् ‘हरेक परिवर्तनले अवसर ल्याउँछन् ।’

ब्यानर देखेर तत्कालीन प्रधानमन्त्री डा. भट्टराईकी पत्नी हिसिला यमीले शाक्यलाई म्यासेज पठाइन्, ‘तपाईंको आँट र सहनशीलतालाई मैले मानेँ ।’ शाक्यले रिप्लाइ गरे, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ ।’

प्रकाशित मिति: : 2021-09-24 10:36:00

प्रतिकृया दिनुहोस्