लागुऔषध, जाँडरक्सीदेखि इन्टरनेटसम्मको कुलत

काठमाडौंप्रेस

डा. सरोज अधिकारी

‘एडिक्सन’ अर्थात् लत वा कुलत एउटा भेग विषय हो। मानिसमा धेरै कुराको कुलत हुन सक्छ। मानसिक रोगको पाटोबाट हेर्दा पनि ‘ड्रग एन्ड अल्कोहल एडिक्सन’ एउटा किसिम मात्र हो। पहिला कुलत भन्नेबित्तिकै जाँडरक्सी, चुरोट, लागुऔषधको नियमित प्रयोगलाई बुझिन्थ्यो। अहिले कुलतलाई फराकिलो दायरामा हेर्न थालिएको छ। जसमा इन्टरनेट एडिक्सन, गेम एडिक्सन लगायत पर्छन्। 

सामान्यतः कुलत भनेको कुनै पनि व्यक्तिले कुनै पनि कुराप्रतिको लगाब वा बानीलाई आफ्नो काबुमा राख्न नसक्नु हो। अर्थात् त्यो लगाब वा बानी आफूले सम्हाल्न सक्ने क्षमताभन्दा बाहिर जानु हो। जस्तै: कुनै मानिसले जाँडरक्सी अलिअलि खान्छ र नखाँदा पनि फरक पर्दैन भने त्यसलाई अल्कोहल एडिक्सन मानिँदैन। तर, जब मानिसलाई जाँडरक्सी जुनै हालतमा पनि खानैपर्ने बानी बस्छ, वा नखाई बस्न सक्दैन, भने यस्तो अवस्थालाई ‘अल्कोहल एडिक्सन’ भनिन्छ। 

कोरोनाका कारण भएको लकडाउनले बालबालिकाहरू विद्यालय जान पाएका छैनन्। उनीहरू मोबाइलको गेम वा इन्टरनेटमा बढी व्यस्त भएका छन्। त्यसो नगर भन्दा उनीहरु अभिभावकसँग रिसाउने, झर्किने गर्छन्। यो पनि एक प्रकारको लत नै हो।

प्रकाशित मिति: : 2021-09-23 13:30:00

प्रतिकृया दिनुहोस्