चन्दा उठाएर देश बनाउने लाेकरिझ्याइँमा लाग्दा टाट पल्टेका धुर्मुस सुन्तली

शिलापत्र

काठमाडाैं

नवराज कुँवर

संयोग, प्रवासमा बस्ने भारतीय मजदूरले रातारात ‘भगवान’ बनाएका बलिउड कलाकार सोनू सूदले ठगीको आरोप खेपिरहँदा करिब उसैगरी ‘सामाजिक अभियन्ता’का रूपमा उदाएका धुर्मुस सुन्तलीले यता थरीथरीका संशययुक्त प्रश्नको सामना गरिरहेका छन् ।

मागेर समाजसेवामा लागेका सूदमाथि २० करोड भारु ट्याक्स छलेको मात्र होइन, दानका रूपमा उठाएको पैसासमेत दुरुपयोग गरेको आक्षेप छ । यो मामिलामा भारतको आयकर विभागले छानबिन गरिरहेको छ ।

यता अरूसँग पैसा मागेर साढे तीन अर्बको रंगशाला बनाउन कम्मर कसेका कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’माथि पनि प्रश्नैप्रश्न छन् । १६ करोड ऋण लाग्यो भनेर चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकेपछि उनीहरूको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: : 2021-09-22 17:12:00

प्रतिकृया दिनुहोस्