पोखरेलीलाई गलगाँडमुक्त बनाउने सय वर्ष पुरानो बालधाराको बेहाल [भिडियो]

काठमाडौंमा प्रताप मल्लले रानीपोखरी बनाए। आफ्नो मृत छोराको सम्झनामा बनाएको रानीपोखरी बेवास्तामा परेको त हामीले सुनि रहेकै हो। 

ऐतिहासिक महत्वको यो संरचना जोगाउन अनेक प्रयास पनि हुँदै आएको छ। तर, पोखरेलीको तिर्खा मेटाएको सय वर्ष पूरानो बालधाराको संरक्षणबारे चासो राखेको पाइन्न। 

सहरिकरणको चपेटामा परेर ऐतिहासिक महत्वको बालधारा लोप हुने अवस्थामा छन्। पोखराको १४ स्थानमा विस १९७७ सालमा बबरशमशेरले आफ्नो छोराको सम्झनामा बालधारा बनाएका थिए। बालधाराले बबरशमशेरको सम्झना मात्रै जोगाएर राखेन, पोखरेलीको तिर्खा पनि मेट्यो। जो अहिले आफैं तिर्खाएको छ। 

जेठो छोरा बालशमशेरको १४ वर्षको उमेरमा निधन भएकाले १४ धारा बनाएको पूराना फोटो संकलक सुनील उलक बताउँछन्। ‘चन्द्रशमशेरको माइला छोराको जेठो छोराको देहान्त भई सकेपछि विविध कारणले मृत्यु भयो। ऊ अलि कडा स्वभावको थियो बबरशमशेर। नाम पनि बबर,’ उनले सुनाए, ‘काम पनि बबर ड्याङडुङ पारी हाल्ने। वैद्यले उपचार गर्दा। उपचार राम्रोसँग हुन नसकेको भन्ने पनि उसको सिकायत थियो। त्यतिबेला फ्रान्समा हो कि कहाँ थियो। छोराको मृत्यु हुँदाखेरि। ऊ त्यहाँ भयो। दुख मनायो। त्यसको केही समयपछि छुट्टी लिएर नेपाल आयो।’

बबरशमसेर चन्द्रशमसेरको छोरा। प्रधानमन्त्री चन्द्रशमसेर त्यो बेलाको शक्तिशालि प्रधानमन्त्री। राणाकालमा जंगबहादुरपछि सबैभन्द पावरफुल सबैभन्दा धेरै राम्रो काम गर्नेमा चन्द्रशमसेर पर्छन्। 

नेपाल आएपछि छोराको देहान्तमा शोक मनाएर बसेको थिए, बबरशमशेर। त्यही बेलामा केही नजिकका भाइ भारदारले सुझाव दिए। छोराको सम्झनामा केही गर्देऊ न! पछिसम्म नाम रहन्छ नि छोराको। त्यही छोराको नामबाट बालधारा बन्यो। उनको दाई वीरशमशेरले वीर धारा बनाई सकेका थिए काठमाडौंमा। 

धीर धारा बाउको नामबाट पनि राखि सकेको थियो, वीरगञ्जमा। वीर धारा पाल्पा र पश्चिम नेपालमा सुरु भई सकेको थियो। ‘त्यो हिसाबले के भयो भने बाउको पालामा पनि बनि सकेको दाईले पनि बनाई सकेको भएर पनि उनलाई सजिलो भयो। धारा नै बनाउदा सबैलाई सजिलो हुन्छ,’ सुनिलले सुनाए।

भाइभारदारको सुझाव पछि धारा बनाउने निधो भयो। तर धाराको लागि कहाँ जाने ? 

लौ, प-यो फसाद !

काठमाडौंमा त जताततै धारा नै धारा छ। ढुंगेधारा छ। पोखरामा त्यो बेला पानीको स्रोत भनेको नालामुखमा एउटा मात्रै थियो।  नालामुखमा ढुंगेधारा थियो। पोखराको पहिलो ढुंगेधारा १९५५ तिर बनेको थियो।

अहिले विन्ध्यवासिनी मन्दीर जाने बाटोमा भैरव टोल, गढोशटोलनेर गणेशमान सिंहको शालिक छ। नजिक शिवमन्दीर आडमा थियो ढुंगेधारा। पूर्वपट्टीको भागमा अहिले केही छैन। खाल्डो खन्यो भने अवशेषहरु भेटिन्छन्। साढे तीन मिटर जति खन्यो भने ढुंगेधाराको अवशेषहरु भेटिन्छ। 

‘सरकारी निकायलाई पनि चासो छैन। सरकारी निकायले पनि नहोस् भन्ने चाहन्छ। त्यहाँका छिमेकीले पनि। किनभने फोहोर हुन्छ। त्यहाँ पोखराको पहिलो ढुंगेधारा थियो,’ उनले भने, ‘तीन वटा मुख भएको। पोखरा विस्तारै विशाल हुँदै गई रहेको थियो। पानीको आवश्यकता निकै थियो। पोखरामा कस्तो थियो भने पारीका सेतीको पानी खान्थे। अलि पर कालि खोला विजयपुरको हुन्थ्यो। यतापट्टि फिर्के खोला अन्य पानीका मुहान थियो।’ 

बालधारापछि पोखरेली गलगाँडमुक्त 

पानीको अन्य मुहान थिएन। सेतीको पानी खानु पथ्र्यो। सेतीको पानी खानेहरुमा समस्या के थियो भने पानीमा आइरन नहुने भएकाले गलगाँड आउँथ्यो। गाँड आउने समस्या थियो। ‘बढी मान्छेको गाँड आउथ्यो। त्यतिबेला। १०० वर्ष अघि। त्यतिबेला मान्छेहरुलाई थाहा थिए। गाड नभएको मान्छे देख्दा उनीहरुलाई अनौठो लाग्थ्यो। उनीहरुलाई थाहा थिएन कि पानीको कमीले यस्तो भएको हो,’ उलक सुनाउँछन्। 

जब बालशमसेरको धारा बन्यो। बेलायतबाट इन्जिनियरहरु बोलाएर, पानी कसरी ल्याउने। मुहान कहाँबाट ल्याउने पूरै पोखराभरि पानी बग्नु प¥यो ? लेभलिङको कुरा आयो। कहाँनेर राख्दा पानी बग्छ ? त्यो सबै हिसाब गर्न इन्जिनियरहरु ल्याएर उनीहरुले हिसाब गरे। 

त्यसपछि धारापानी पस्र्याङ पश्चिमपट्टी मुहानको पानी पोखरेलीको तिर्खा मेट्यो। 

आफैं तिर्खाएको बालधारा

तत्कालीन समयमा पोखरेलीको तिर्खा मेटाएको बालधारा आफैं तिर्खाएको छ। झण्डै लोप हुने अवस्थामा पुगेको बालधारा बेवास्तामा परेपछि पानीको मुहान काटियो। ३० हजार लिटर पानी पस्र्याङ र मालेपाटनमा पानी आपुर्ति भई रहेको छ। त्यो ठाउँमा पानी ट्यांकीको मुहान हालेर बगरसम्म पानी पु¥याए। टुँडीखेल जाने बाटो अन्तिम धारा उत्तरको। 

दक्षिणमा सीमलचौरको धारा अन्तिम।  त्यहाँको संरक्षण। पूर्वमा रानीपौवामा रहेको छ। वडा नम्बर ११ र १२ को सीमामा रहेको यो ठाउँको नामै पूरानो धारा हो। फूलबारी रानीपौवा जाने बिचमा। पूरानो धारा होइन पुछारको धारा थियो रे पहिलेको नाम। सबैभन्दा पुछारमा भएकाले। पुछारको धारा भन्दा भन्दा पूरानो धारा भयो भनेर पनि स्थानीय भन्ने गर्छन्।

मिलिसिया आर्मी क्याम्प। रानीपौवाको शोभाभगवती मन्दिर र मिलिसिया एउटै पोइन्ट भन्ने गरिन्छ। साँघु मुख चोकमा। अहिले त्यहा उत्तर फर्केको घरको पीँढीमा गिरिजा चोकमा बालधाराको पूरानो संरचना देख्न सकिन्छ।

पुन निर्माण गर्न समिति

मृत अवस्थाको बालधारालाई ज्युँदो पार्न पोहोर साल पुन निर्माण समिति समेत बनेको थियो। पूराना फोटो संकलनकर्ता सुनिल उलकको संयोजकतत्वमा बनेको समितिले संरक्षण अभावमा लोप हुने अवस्थामा रहेका बालधारलाई पुन निर्माण गर्ने काम थालेको थियो। ‘पुन निर्माण गर्न भनेर लागेको स्थानीयले विरोध गरेर रोकिएको। विन्ध्यबासिनी हल भन्दा अलि माथि। शिलान्यास पनि गरेका थियौं। जस्ताको त्यस्तै बनाउ बढाउन दिन्नौं भनेको। तेर्सापट्टीपछि नालामुख चोकैमा शिवमन्दिरको दक्षिणमा। माथि गएपछि भीमसेनमन्दिरको सामुन्ने त्यसको मुखैमा कैदी धारा पनि भनिन्थ्यो,’ उनले भने, ‘त्यसको पछि जेल थियो। पानीको आवश्यकता हुने नुहाउनुपर्ने। बोलिचालीमा कैदी धारा भयो। त्यसपछि माथि भैरव टोलमा। जुन अहिले बनाउन लागेका छौं। भैरव टोल माथि मोहरिया टोल बिचमा अर्को। त्यसपछि विन्ध्यवासिनी मन्दिर सिँढीको सामुन्ने अर्को। त्यो पोइन्टपछि बगरमा अन्तिममा। तल आउदा नालामुख चोक सिँधा तल आएपछि वडा नम्बर ४ कार्यालय चोकमा। राणाको कार्यालय थियो।’ 

अर्को सिद्धार्थचोकमा थियो। जुन ठाउँमा अहिले घर बनेको छ। अर्को लास्ट चोक सिमलचौर गरि १४ वटा बालधारा थिए। बालधारा १४ थिए कि १२ ? यसको यकिन तथ्य भने कतै भेटिन्न। प्रायले १२ भन्ने गरेको पनि भेटिन्छ। तर, १४ वर्षमा बितेको भएर १४ वटा बनेको भन्ने बुढापाकाले भनेको सुनेको सुुनिल बताउँछन्। सुनिल आफैंले पनि बालधाराको पानीले तिर्खा मेटेका थिए रे !

पछि २५, २६ मा अर्को धाराको अभियान आयो। त्यो भन्दा अघि १५, १६ धारा मात्रै थिए। खानेपानीले पोखराभरि सार्वजनिक धारा र घर घरमा पानी बाड्न थाल्यो पञ्चायतकालमा। रत्न मन्दीर बनेपछि मेन लाइन उता लगे। त्यता लान साथ धेरै स्रोत उता गयो। धारामा पानी कम आउन थाले। 

कुनै कुनै पोइन्टमा आउनै छोड्यो। पानी कम भएपछि संरक्षण कम भयो। अर्को धारा आएपछि मान्छेले ध्यानै दिन छोडे। घरघरमै पानी आउन थालेपछि बालधारमा जानैपर्छ भन्ने पनि भएन। अनि बेवास्तामा प-यो। घर घरमा धारा बढ्दै गएपछि सार्वजनिक धारा ओझेलमा प-यो। निरिक्षणमा जाँदा पानी खेर गई रहेको पाइएपछि धारा बन्द गरिएको उलक बताउँछन्। 

प्रकाशित मिति: : 2021-09-22 17:50:00

प्रतिकृया दिनुहोस्