‘हाम्रा बुवा जेल नपरेका भए भारी बोक्नु पर्थेन होला’

सेतोपाटी

काठमाडाैं

बडेमानको भारी बोकेर उकालो बाटो छिचोलेपछि आइपुग्ने भञ्ज्याङमा निरुता चेपाङ रोकिइन्। माउन्टेन डिउका जम्बो बोतलले भरिएको भारी बाटो छेउको ढुंगोमा अड्याइन्। खाली पैताला उभिएका उनका १२ वर्षीया बहिनी र १० वर्षका भाइले पनि  भारी बिसाए। सालका रूखले भरिएको जंगल बीचको बाटोमा उभिएर लामो सास फेरे।

चितवनको कालिका-११ सैपामकी निरुता दस कक्षामा पुगेकी छन्। सैपामबाट डेढ घन्टा ओरालो बाटो हिँडेपछि पुगिने समिटारको माध्यामिक विद्यालयमा पढ्छन् उनी।

कोरोना महामारीले स्कुल बन्द हुँदा गत वर्षदेखि उनको पढाइ प्रभावित बनेको छ। गाउँमा इन्टरनेटको सुविधा नहुँदा अनलाइन कक्षा पढ्न पाएकी छैनन्। निरुताले फुर्सदको समय आमालाई सघाउनेदेखि भारी बोकेर, मेलामा गएर पढाइ खर्च जुटाउनेमा उपयोग गरेकी छन्।

करिब १० वर्षअघि गैंडा मारेको अभियोगमा उनका बाबु पक्राउ परेपछि परिवारका दुःखका दिन सुरू भएका थिए।

निरुताका बाबु शुक्रबहादुर चेपाङ हाल भरतपुर कारागारमा छन्। उनी एक सिंगे गैंडा मारेको अभियोगमा २०६८ सालमा सालमा जेल परेका थिए।

प्रकाशित मिति: : 2021-09-21 12:55:00

प्रतिकृया दिनुहोस्