बिएल संवाददाता
पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो। विमल चौधरीको हेडिङ गोलसँगै खेलमा अग्रता बनाएको नेपाल अन्तिम २ मिनेटमा दुई गोल ब्यहोर्न पुगेको थियो।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ।
प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन्। पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन्।
समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ। समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया