तक्मा पाउँदा डिएसपी साबले भन्नुभयोः तपाईं त खेलाडी हुनुहुँदो रहेछ!

सेतोपाटी

काठमाडाैं

 शिवजी श्रेष्ठ

जब संविधान दिवस अवसर पारेर राष्ट्रपतिले ९०३ जनालाई विभिन्न तक्मा अर्थात अलंकार, विभूषण र पदक घोषणा गरिन्, तब तक्मा पाउनेहरूको नाम हेरेर अनुमान सुरू भइहाल्यो।

को कसको नजिक? कसले कसरी पाए?

अर्थात् तक्मा पाउने कर्मचारी भए, त्यस मन्त्रालय वा विभागीय प्रमुख, मन्त्री वा सरकार नजिक वा आफ्नो मान्छे रहेछ भन्ने ठोकुवा।

धेरै कमैले मात्रै सोच्छन् कि यो व्यक्तिले राम्रो काम गरेर पनि तक्मा पाएको होला।

यस्तै भएको थियो आजभन्दा २४ वर्ष अगाडि।

त्यो बेला म भोजपुरमा कार्यरत थिएँ। राजा वीरेन्द्रको जन्मदिवसमा अहिले जसरी नै विभूषण, मानपदवी घोषणा हुन्थ्यो।

२०५४ साल पुस १४ गते म जिल्ला प्रहरी कार्यालय, भोजपुरका डिएसपी साबसँगै थिएँ। उहाँ रेडियो बोकेर बिहान ७ बजेको समाचार सुन्दै हुनुहुन्थ्यो।

म नजिकै गएर क-कसले तक्मा पाए भनेर ध्यान दिएर समाचार सुन्दै गरेको देखेर डिएसपी साबले भन्नुभयो- ओहो साब, किन यस्तरी ध्यान दिएर सुनेको? अब तपाईंहरूका दिन गए। हाम्रो पो दिन आए। तपाईंले तक्मा पाउँछु जस्तो लागेको छ र?

प्रकाशित मिति: : 2021-09-20 13:32:00

प्रतिकृया दिनुहोस्