काठमाडौंका सडकै बसपार्क !

बाह्रखरी

काठमाडाैं

 कविराज कार्की

काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट पुरानो बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापन यतिबेला अस्तव्यस्त हुँदै गएको छ । पुरानो बसपार्क भएको ठाउँमा भ्युटावर निर्माणमा भइरहेको ढिलासुस्ती र खुलामञ्चको बसपार्क हटाउँदा सडकमा सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे परेको हो । 

काठमाडौं महानगरपालिकाले गत वैशाख १५ गते मध्यम दुरीका सवारी साधन गोङ्गबुको नयाँ बसपार्कबाट र छोटो दुरीका गाडी पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन हुने गरी खुलामञ्चको पुरानो बसपार्क हटाएको  थियो । 

उक्त बसपार्क हटाइ पिक एण्ड ड्रप प्रणाली लागु गर्दा अधिकांश सवारी साधनहरुले सडकलाई नै बसपार्क बनाइदिएका छन ।

यसको प्रत्यक्ष मार यात्रुहरुले खेप्नुपरेको छ । 

महानगरपालिकाले भ्युटावर निर्माणमा भएको ढिलासुस्तीलाई बेवास्ता  र नयाँ बसपार्कको टुंगो नलगाउँदा यस्तो समस्या बढ्दै आएको छ ।

प्रकाशित मिति: : 2021-09-20 13:29:00

प्रतिकृया दिनुहोस्