माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने ओलीको मुद्दामा सुनुवाइ हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेसी तोकिएको छ।

माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ।

प्रकाशित मिति: : 2021-09-20 11:38:00

प्रतिकृया दिनुहोस्