थबाङीको उपचारमा खटिएका 'जापानी डाक्टर' विभूषित

Breaknlinks
Breaknlinks

रोल्पाको थबाङमा नुमना चिकित्सा अध्ययन केन्द्र बनाउने सपना देखेका जापानी नागरिक डा. र्‍युचिकी इशिदा विभूषित हुने भएका छन्। संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने मानपदवी र विभूषण हुने सूचीमा इशिदासमेत परेका हुन्।

उनलाई प्रदेश सरकारले ‘समाज सेवा श्री’ पदकबाट विभूषित गर्ने घोषण गरेको छ। 

लुम्बिनी सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका एक अधिकारी बताएका छन्।

चिकित्सक इशिदा हाड तथा जोर्नी बिशेषज्ञ हुन्। उनी पछिल्लो समय थबाङमा रही यसक्षेत्रका बिरामीहरूको उपचारमा समर्पित छन्। जापानमा चिकित्सा क्षेत्रमा काम गरेपछि उनको अबकाश जीवन थबाङमा बित्दै आएको छ।

इशिदाको परिवार जापानमै बस्छ। उनकी श्रीमती, तीन छोरा र १ छोरी छन्। वर्षका केही महिना उनी श्रीमतिसँग जापानमा बिताउँछन्। बाँकी समय रोल्पाली जनताको उपचार सेवामै। 

उनी कुनै बेला हिँडेरै पाल्पा, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट र जुम्लासम्म पुगेका थिए।


जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर

सयपत्री फूलले बारी पहेँलपुर भैसकेको थियो। आकाश नीलाम्मे थियो।

यसो भनौं, तिहारको रमझम सुरू हुनै लागेको थियो। हामी (हल्याण्डका २ मित्र र म) गुरिल्ला पदमार्ग हुँदै रोल्पाको थवाङ गाउँ पुग्दा मध्य दिन, घाम झलल लागिररहेको थियो। सधैं चहलपहल देखिने गाउँ अलिक सुनसान लाग्यो। पर्वले छोपेका बेला किन सुनसान भयो, बुझ्न सकिनँ।

थबाङ विद्रोही चेतनाले ओतप्रोत गाउँ। थुपैं बिद्रोही जन्माएको छ यसले। क्रान्तिको बिगुल फुक्ने गाउँ। गाउँलेको सहासको कथा बेग्लै छ। यतिबेला म यस क्षेत्रको स्वास्थ्य सेवामा जुटिरहेका डा.र्‍युचिकी इशिदाको कुरा गर्दैछु।

केही समय अघि मैले यात्रा (बुद्व एयरको इन्फ्लाइट म्यागेजिन) मा उनको विषयमा लेखेको थिएँ। त्यो स्टोरी पढेका हल्याण्डका मित्र उनलाई भेट्न आतुर थिए। मलाई पनि भेट्नु थियो। किनभने पुरानो नै सही, उनलाई यात्रा म्यागेजिन दिनु थियो। सबैभन्दा ठूलो कुरो, उनको कथा सुनेर झन् प्रेरित हुनु थियो।

काठमाडौंबाट हिँडेको चौंथो दिनमा थवाङ पुगे लगत्तै होमस्टेमा झोला बिसाएर हामी सोझैं अस्पतालतिर लाग्यौं। चाड परेकाले होला, त्यहाँ भीड थिएन। डा. इशिदा क्टवाटरमै रहेछन्। खुसी लाग्यो उनलाई भेट्न पाउँदा।

मैले दुवै हात जोडेर भनें, ‘मोशी मोशी।’

मन्द मुस्कान छर्दै उनले पनि हात जोडे– मोशी ! मोशी, नमस्ते।’ पूरा समाचार...

प्रकाशित मिति: : 2021-09-20 07:09:00

प्रतिकृया दिनुहोस्