धर्ननिरपेक्षता र संघीयता परिवर्तन हुँदैन : सुवास नेम्वाङ

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले धर्मनिरपेक्षता र संघीयता परिवर्तन नहुने बताएका छन्। संविधानसभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान विश्वकै इतिहासमा अद्वितिय रहेको बताए।

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेम्वाङले पहिलो संविधानसभा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सल्लाह बिना नै विघटन गर्दा आफू देश अध्याँरो सुरुङतिर गएको बताएको स्मरण गरे।

‘त्यतिबेला देशलाई अध्यारोतिर हाल्न लागेका साथीहरुले अहिले प्रतिगमन भनिरहहेका छन्’, नेम्वाङले भने। एमालेको प्रयासमा दोस्रो संविधानसभाको निर्वाचन भएको र संविधान जारी भएको स्मरण गर्दै उनले भने, ‘एमालेको अत्याधिक प्रयास र सबै दल एक ठाउँमा उभिँदा दोस्रो संविधानसभाको चुनाव भयो। हामीले संविधान बनायौं। ७० वर्षको जनताको भावनाले मूर्त रूप पायो। समाजवाद उन्मुख संविधान बनाएरै छाड्यौं। यो महत्वपूर्ण उपलब्धी हो।’

पाँच वर्ष आठमा महिना लगाएर समावेशी संविधानसभाले सबैको भावना समेटेर संविधान बनाएको बताए। ‘सबै हिसाबले समावशी ३१ वटा राजनीतिक दलको उपस्थिति रहेको सभाले संविधान बनाएको हो। विश्वमै उत्कृष्ट संविधानसभाले शून्यबाट काम सुरु गरेर सहभागितामुलक ढंगले संविधान निर्माण गरेको हो’, नेम्वाङले ‘संविधानको विधेयक पनि आफैले बनायौं। शून्यबाट माथि जाने अवधारणाअनुसार काम गर्यौं  । व्यक्तिगत र संस्थागतरुपमा जनतामाझ लाखौं सुझाव ग्रहण ग-यौँ। सबैलाई सुझाव लियौं। न्यायाधीशहरूको लियौं। राउटेहरूका राजा सिंहदरबारमा आएर सुझाव दिएको सम्झिन्छु। हामी जंगलको राजा हो। संविधानमा लेखदेउ, राउटेलाई रुख काट्ने अधिकार हुन्छ भनेर सुझाव दिए।’

जनताको सुझाव संकलन गरेर प्रतिवेदनमा ढाल्न दुई वर्ष लागेको बताएका उनले भने, ‘जनताको सुझाव पढेर प्रतिवेदन बनाउन लागे। दिनमा २० जना सांसदले फोन गर्थे जनतालाई। यस्तो जवाफ दिनुभएको रहेछ, म पढ्दैछु भनेर। यसरी प्रतिवेदन तयार भयो। अहिले पनि संसदको पुस्तकालयमा राखिएको छ। त्यो प्रतिवेदनमा आधारित रहेर मस्यौदा बनायौं। शून्यबाट मस्यौदामा पुग्यौं। मस्यौदा तयार भयो।’

आफू पूर्वको मानिस रहेको र लिम्बूवानदेखि थारुवानसम्म सुझावहरू समेटेको भन्दै नेम्वाङ भने, ‘म त पूर्वको मान्छे। हाम्रो इलाको माथिपट्टी लिम्बुवान भनिने क्षेत्र छ। ति लिम्बुवानदेखि थारुवानसम्म प्रश्नहहरु आए। ति सबैलाई समेटेर सहभागितामूलक ढंगले संविधान बनाउने काम भएको छ।’

संविधानसभाको मस्यौदा नबुझाउन दबाब पनि आएको स्मरण गर्दै उनले संविधान समयमा नबनाएको भए के हुन्थ्यो भन्ने त्यसपछिका घटनाले प्रष्ट पारेको बताए।

‘व्यापक छलफल गरेर समावेशी सहभागितामूलक  गणतान्त्रिक र धर्मनिरपेक्ष संविधान बनायौं। समझदारी र सम्झौताबाट बनेको हो’, उनले भने। 

संविधान बनाउने क्रममा नेपालको झण्डा र नामसमेत परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै नेम्वाङले भने, ‘नेपालको झण्डादेखि नेपालको नामसम्म परिवर्तनको प्रस्ताव पनि आए। तर हामीले सर्वोत्कृष्ट छ भनेर यथावत राख्यौं। जबसम्म आकाशमा सूर्य र चन्द्र रहन्छ, तबसम्म नेपाललाई कसैले केही गर्न सक्दैन भनेर झण्डा पारित भयो। संघीयता धर्मनिरपेक्षता र गणतन्त्रसहितको संविधान बन्यो। ठूला दलले धर्मनिरपेक्षता र गणतन्त्रमा परिमार्जन गर्छन् भन्ने सुनिन्छ।’

प्रमुख पार्टीको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितामाथि परिवर्तनको एजेण्डा नबनेको भन्दै यसलाई परिमार्जन गर्ने हल्लामात्रै रहेको बताए। ‘गणतन्त्र, धर्मनिरपेक्षता समावेशिता परिमार्जन गर्ने प्रमुख पार्टीको कुनै एजेण्डा बनेको छैन। परिमार्जनको कुरा हल्लामात्रै हो। अहिलेको संविधान जनताले बनाएको हो। यसअघिका संविधानको स्रोत शासक र राजा हुन्। २०४७ को संविधान पनि राजाले नै बनाएका थिए। अहिलेको संविधान जनताले बनाएको हो’, नेम्वाङले भने। 

प्रकाशित मिति: : 2021-09-19 12:53:00

प्रतिकृया दिनुहोस्