धोकेबाज केटी

शिलापत्र

सुनिता चौधरी

'हेल्लो, म राजन। काठमाण्डूमा पढ्छु।'

'म इरादा। घर यही हो। गाउँमा। म पनि पढ्छु अनि पढाउँछु पनि।'

'नाइस। सेल्फ डिपेन्डेड लेडी।'

दुई वर्षअघि हाम्रो भेट मेरी सहपाठी तथा सहकर्मी सदीक्षाको बर्थडे पार्टीमा भएको थियो। राजन सदीक्षाको मामाको छोरा हो। ऊ बीएस्सी तेस्रो वर्ष पढ्दै रहेछ। दसैँ–तिहारको बिदामा घर आएको रहेछ। चिनजान हुँदा थाहा पाएँ। मैले भने त्यस वर्ष भर्खर बीएड ज्वाइन गरेको थिएँ। पार्टी सकिनै लाग्दा उसले मेरो मोबाइल नम्बर माग्यो। मैले दिएँ र उसको नम्बर पनि लिएँ। 

Hi, wts up ? How you doing?

सदीक्षाको बर्थडे पार्टीको दुई दिनपछि मेरो मोबाइलको इनबक्समा आएको राजनको एसएमएस थियो यो। मैले पनि रिप्लाई गरेँ । 

Hello, I am good, wt abt u ?

प्रकाशित मिति: : 2021-09-18 14:11:00

प्रतिकृया दिनुहोस्