महिला गौरवको एउटा शालीन इतिहास। अर्थात् वर्तमान विश्वको आँखामा एउटा यस्तो देश, जहाँ राष्ट्रप्रमुख, न्यायपालिका प्रमुख र व्यवस्थापिका प्रमुखमा महिला आसिन भए। अर्थात् नेपालका प्रमुख पाँच विशिष्ट पदमध्ये तीन पद महिलाको हातमा पुग्यो।
मुलुकको दोस्रो राष्ट्रपति विद्याभण्डारी महिला रपहिलो राष्ट्रपति बन्नु भयो भने सुशीला कार्की नेपालको २६ औँ र पहिलो महिला प्रधानन्यायाधीश तथा ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुनुभयो । नेपालको ६६ वर्ष लामो प्रजातान्त्रिक इतिहासमा करिब ३० वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था र ३६ वर्षे बहुदलीय व्यवस्थाको अन्त्य गर्दै सङ्घीय गणतन्त्र नेपाल भएलगत्तै सरकार प्रमुख भएर देश हाँक्ने विश्वका थोरै महिलाको सूचीमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि अङ्कित भयो।
तर यो सब भइसक्दा पनि महिलाको हक, अधिकार, अस्तित्व कति सुनिश्चित हुन सक्यो ? महिलामाथिका अन्याय र अत्याचार कति कम हुन सके ? यो कुरा अझै विचारणीय नै छ। विचारणीय मात्र होइन समय समयमा निकै आलोचित पनि छ।
यहाँ महिलावादका परिभाषालाई व्याख्या गर्न खोजिएको होइन। महिला अधिकार महिला हिंसाका बारेमा त अक्सर लेख्दै आइएको छ। तर यी सबै कुराको बहस भइरहँदा उनीहरूको चेतनाको स्तर कति उकासियो ? समाजले महिलाको चेतनालाई कसरी हेर्दै छ भन्ने कुरा पनि महìवपूर्ण हुन्छ। प्रस्तुत लेखमा महिला स्वतन्त्रता समानता र उनीहरूको वृद्धि भएको चेतनाको सवालमा केही कुरा उठाउने छु ।