के अमेरिकाले चीनसँग 'शीत युद्ध'को तयारी गरिरहेको हो?

Photo : AP Photo/Andrew Harnik, Pool

चीनलाई चुनौती दिन भनी बेलायतद्वारा घोषणा गरिएको अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ सैन्य साझेदारी 'अउकस' (एयूकेयूएस) को उद्देश्य स्पष्ट पारिएको त छैन तर उक्त गठबन्धन सम्भवतः एशियामा दूरगामी रणनीतिक सन्तुलनको लागि महत्वपूर्ण रहेको हुनसक्ने विज्ञहरुले विश्लेषण गर्न थालेका छन्।

उक्त त्रिपक्षीय साझेदारीअन्तर्गत अस्ट्रेलियाले फ्रान्सद्वारा निर्मित 'डिजल सब-फ्लिट' भन्दा फराकिलो दायरा र 'सहनशीलता भएको परमाणु शक्तियुक्त पनडुब्बीहरु (एसएसएन्स) ' को नयाँ 'फ्लिट' सँग सशस्त्र हुनेछन्।

'अउकस' को घोषणामा चीनको नाम उल्लेख नभए तापनि उक्त साझेदारीले अमेरिकाद्वारा एशियामा रणनीतिक हिस्सेदारी  महत्वपूर्ण रुपमा बढाउने संकेत गरेको लोवी इन्स्टिच्युटका विश्लेषक सैम रोग्गेवीनले एक आलेखमार्फत् बताएका छन्।

उक्त लेखमा उनले भनेका छन्, 'पहिले अमेरिकाले चीनसँग 'शीत युद्ध' चाहेको भन्ने निश्चित थिएन तर यो रक्षा साझेदारीको घोषणा त्यसको एउटा महत्वपूर्ण प्रमाण हो । अमेरिका वास्तवमै चीनसँग 'शीत युद्ध' को तयारी गरिरहेको छ।'

अष्ट्रेलियाको दृष्टिकोणबाट हेर्ने हो भने यो सम्झौता अमेरिकाले एसियामा आफ्नो सैन्य वर्चस्व कायम राख्न दीर्घकालीन प्रतिबद्धताका लागि खेलेको एक जुवा हो।

अस्ट्रेलियाका भूतपूर्व प्रधानमन्त्री पल कीटिंगलगायत यथार्थवादी विद्वान ह्यू व्हाइटका अनुसार अमेरिकाले अस्ट्रेलियालाई परमाणु शक्तियुक्त पनडुब्बीले सुसज्जित गरेबापत अमेरिकाले चीनलाई नियन्त्रण गर्न आफ्ना प्रयासहरुमा अष्ट्रेलियाको महत्वपूर्ण सहभागिताको अपेक्षा गर्नेछ र चीनसँग भविष्यको कुनै पनि सङ्घर्षमा सहभागिता जनाउने छ।

उक्त गठबन्धनले हिन्द–प्रशान्त क्षेत्रको केन्द्रमा रहेको दक्षिण–पूर्वी एशिया क्षेत्रका लागि महत्वपूर्ण प्रभाव पार्ने सम्भावना रहेको छ- यो नै उक्त साझेदारीको मुख्य उद्देश्य हो।

दक्षिणपूर्वी एशिया क्षेत्रका सरकारहरु घोषणाबारे मौन छन् तर यस साझेदारीका लागि उनीहरुको प्रतिक्रिया  द्विविधाजनक रहने अनुमान गर्न सकिन्छ।

शीत युद्धको अन्त्यपछि दक्षिण पूर्वी एशियाको क्षेत्रीय गुट- दक्षिण–पूर्वी एशियाली राष्ट्रहरुको संघ (आसियान) ले सफलतापूर्वक एशियाको कूटनीतिक क्षेत्रमा आफ्नो लागि एक केन्द्रीय भूमिका स्थापित गर्न सफल भएको छ।

पूर्वी–एशिया शिखर सम्मेलन र आसियान क्षेत्रीय फोरमजस्ता ठूला अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरुको आयोजकको रूपमा आसियान आफ्नो एजेण्डा-आकार दिने शक्तिको माध्यमबाट आफूलाई स्थापित गर्नमा सक्षम भएको छ। आसियानको यो भूमिकालाई पश्चिमी राज्यहरुले पनि मान्यता दिएका छन्।

दक्षिणपूर्व एशियाको तुलनामा अउकसको घोषणापछि चीनको प्रतिक्रिया अनुमानित थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ताले बिहीबार उक्त गठबन्धनलाई 'पुरानो शीतयुद्धका शून्य-योग र संकीर्ण मानसिक भूराजनीतिक धारणा' को प्रतिबिम्बको रूपमा निन्दा गरे। उनले उक्त नयाँ गठबन्धनले क्षेत्रीय शस्त्रीकरणको होडलाई 'तीव्र' बनायो समेत भनेका छन्।

साझेदारीको विरूद्धमा बोल्नुका साथै बेइजिङ्गले अमेरिका माथिको आफ्नो पकड- अर्थशास्त्र रणनीति परिवर्तन गर्ने ठूलो सम्वाभाना छ। संयोगवश, अउकस घोषणा भएको एक दिनपछि चीनले 'ट्रान्स-प्यासिफिक पार्टनरशिप' (सीपीटीपीपी) का लागि व्यापक र प्रगतिशील सम्झौतामा सामेल हुन आवेदन दिएको छ।

'सीपीटीपीपी' सन् २०१८ मा ट्रान्स-प्यासिफिक पार्टनरशिपको उत्तराधिकारी सम्झौता हो । यो अष्ट्रेलिया, क्यानडा, चिली, जापान र न्यूजिल्याण्ड लगायत अन्य ११ मुलुक मिलेर गरेको सन्धि हो।

सन् २०१७ मा अमेरिकाका भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै उक्त सन्धिबाट अमेरिकालाई निकालेका थिए जसमा सहभागी हुन उनीभन्दा अघिका राष्ट्रपति बाराक ओबामा प्रशासनद्वारा कडा मेहनत गरी सम्झौतामा सहभागी भएर हस्ताक्षर गरेका थिए।

आर्थिक एकीकरणलाई बलियो बनाई आफ्नो आर्थिक गुरुत्वाकर्षणले राज्यहरुलाई आफ्नो कक्षामा समावेश गर्ने चीनको उदेश्यलाई पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको त्यस कदमले सङ्केत गरायो।

सीपीटीपीपीमा चीनको प्रवेश धेरै बाधाहरुले रोकिए पनि अमेरिका वर्तमानमा दुई प्रमुख एशिया-प्रशान्त व्यापार सम्झौताहरुभन्दा बाहिर छ।



इण्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव रोक्न बेलायतद्वारा 'अउकस' नामको नयाँ रक्षा साझेदारी घोषणा

प्रकाशित मिति: : 2021-09-17 20:07:00

प्रतिकृया दिनुहोस्