सोमबार, १५ डिसेम्बर २०२५

एसियाकै प्रभावशाली महिलामा परिन् दीपिका पादुकोण

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
Times Now
• • •

बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिलामा परेकी छन्। 

बेलायतको गाला बिंगोले सार्वजनिक गरेको सूचीमा दीपिका एसियाको सबैभन्दा प्रभावशाली महिलामा परेकी हुन्। जसमा रियाना ग्र्यान्डी, किम कार्दशियन, एडेले, सेलिन डियोन पनि रहेका छन्।

विश्वभरका सयभन्दा बढी देशका टेलिभिजन, चलचित्र, राजनीति, व्यापारिक क्षेत्रका महिलाहरूलाई यो सूचीमा राखेर उत्कृष्ट ५ को सूची निकालिएको हो।

यस सूचीका लागि सामाजिक सञ्जालमा रहेका फलोअर्स, गूगल सर्च तथा विभिन्न विषयलाई माध्यम बनाएर अनुसन्धान गरिएको थियो। जसमा दीपिका पहिलो नम्बरमा परेकी हुन्। उनको इन्स्टाग्राममा ६ करोड बढी फलोअर्स रहेका छन् भने फेसबुकमा पनि उत्तिकै छन्। 


 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!