कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्बभन्दा बढी, यस्ता छन् सञ्चयकर्तालाई सुविधाहरू

File photo
File photo

कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ।

कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्‍याएको हाे। कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड पुगेको छ भने जगेडा कोषमा ४० अर्ब १६ करोड बचत छ। सञ्चयकर्ताको सञ्चय कोष मौज्दात रहेको रकम ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने कोषलाई ४ अर्ब ६७ करोड दायित्व छ।

कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ। कोषले आर्थि वर्ष २०७६/७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको  छ।

सञ्चयकर्तालाई सञ्चय कोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन्। जसको ब्याजदर ७.६० प्रतिशत छ।  घर निर्माण गर्न वा घर खरिदमा  अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ। घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजरदमा ऋण लगानी हुन्छ। ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र संचयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ।

कर्मचारी सञ्चयकोष बिहीबारबाट ६०औँ वर्षमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2021-09-16 08:12:00

प्रतिकृया दिनुहोस्