'बजेट होलिडे': बजेट शून्यता के हो? सरकारसँग खर्च गर्ने विकल्प के छ?

बिबिसी

काठमाडौं

संसद्‌बाट समयमै चालु आर्थिक वर्षको बजेट पारित नभएपछि बुधवार रातिबाट सरकारले गर्ने धेरै खर्चमा बन्देज लाग्ने अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले वर्षभरि गर्ने खर्चका लागि संसद्को अनुमति चाहिने व्यवस्थाका कारण अब बजेट पारित नहुँदासम्म सरकारले सीमित विषयहरूमा बाहेक खर्च गर्न नपाउने अर्थविद्हरूले बताएका छन्।

संसद्‌बाट बजेट अनुमोदन गर्नुपर्ने संवैधानिक र कानुनी समयसीमाभित्र बजेट पारित नभएपछि सरकारलाई सीमित विषयमा बाहेक खर्च गर्न बन्देज लागेको हो।

कतिपयले बजेटमा शून्यता सिर्जना भएको अवस्थालाई "बजेट होलिडे"को सङ्ज्ञा दिएका छन्।

"बजेट होलिडे भनेको चाहिँ सरकारले विशेष परिस्थिति देखाएर बजेट ल्याउन सकिएन भन्ने हो। यसपालिको चाहिँ प्रतिपक्षले घोषणा गरेको छ," नेपाल राष्ट्र ब्याङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने।

प्रकाशित मिति: : 2021-09-15 18:19:00

प्रतिकृया दिनुहोस्