बिएल संवाददाता
बलिउड नायिका करिना कपुर खानले सीता’को लागि १२ करोड पारिश्रमिक महिलाप्रतिको सम्मानका लागि मागेको बताएकी छन्।
अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’ का लागि करिनाले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करिनाले यसको जवाफ दिएकी हुन्।
महंगो पारिश्रमिक आफूले महिलाहरुप्रति सम्मानका लागि मागेको उनको भनाइ छ।
देसाईको फिल्म ‘सीता’ मा अभिनय गर्नका लागि करिनाले १२ करोड मागेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको छ।
'रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुन लागेको सो चलचित्रमा सीताको भूमिकाका लागि करिनालाई अफर गरिएको थियो।
सो फिल्मका लागि करिनाले ८ देखि १० महिना वर्कशप गर्नुपर्ने हुन्छ। जुन उनको करिअरकै सबैभन्दा ठूलो चलचित्र रहने भारतीय मिडियाले उल्लेख गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया