तेजन खड्का
नेकपा (एकीकृत समाजवादी) का नेता हुन्– हंशराज वाग्ले। व्यवसायी पृष्ठभूमिका उनी यसअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भइसकेका छन्।
एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका उनले केपी शर्मा ओलीको प्रवृत्तिलाई स्वीकार गरेर एमालेमा रहन नसकेको बताए। युवाहरुको नेतृत्वलाई समेत ओलीले अगाडि आउन नदिने खेल खेलेका कारण माधव नेपाल नेतृत्वको पार्टी रोजेको उनको तर्क छ।
वाग्लेले देश र जनताका लागि काम गर्नका समाजवादी चिन्तनलाई अङ्गाल्नुपर्ने बताए। उनले नेकपा एमाले पार्टीलाई केही कुतत्वहरुले ध्वस्त पारेको बताए। आफुहरु मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई आत्मसात गरी अघि बढिरहेका बेला देशमा अस्थिरता चाहने गिरोहले एमाले पार्टी, देश र जनताको सपनामाथि खेलवाड गरेको नेता वाग्लेको दाबी छ।
ओखलढुंगालाई राजनीतिक थलो बनाएर क्रियाशील भएका छन्– वाग्ले। अध्यक्ष केपी ओलीका कारण नै नेकपा एमाले फुटेको बताउदै वाग्लेले स्वेच्छाचारी ढङ्गले अगाडि बढ्न खोज्दा समाजवादी पार्टीको स्थापना गर्नु पर्ने दिन आएको उल्लेख गरे।
'के माधव कमरेडलाई चाँहि एमालेको माया थिएन होला र ?', विएल नेपाली सँगको कुराकानीमा नेता वाग्ले भने, 'केपी शर्मा ओलीको तानाशाह प्रवृत्ति नयाँ दल दर्ता गर्न बाध्य हुनुभयो। पार्टीमा हेपाइ कति सहने ?'
वाग्ले प्रदेश १ को एमाले प्रदेशसभा संसदीय दलको विभाजन गराउन पनि निकै सक्रिय थिए। पार्टी फुट्दा माधव नेपालसहित आफूहरुको मन अशान्त रहेको बताउँदै उनले भने, 'एकीकृत समाजवादीमा सनाखत गर्न पुगेकाहरूले पनि केही ब्यक्तिहरूले बाटोबाटै विभिन्न प्रलोभनमा पारी सनाखत गर्नबाट रोक्ने काम भयो। उनीहरु पछि गएर पछुताउने छन्।‘
'केपी ओलीले हिजो पैसा र गुण्डागर्दीका भरमा कार्यकर्ता थाम्नुभएको थियो। अब थामिने अवस्था छैन,' उनले भने, त्यसकारण उहाँका उखान टुक्काले पार्टी चल्ने वाला छैन।'
व्यवसायी पृष्ठभूमिका नेता वाग्लेसँग विएल नेपाली सेवाका तेजन खड्काले गरेको कुराकानीः
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया