अध्यक्ष प्रचण्ड ! तपाईं किन यस्ता कुरा गरिरहनुभएको छ ?

अनलाइनखबर

काठमाडौँ

श्रद्धेय अध्यक्ष क. प्रचण्ड, अभिवादन

कुशल रही कुशलताको कामना गर्दछु।

प्रत्यक्ष भेटेर छलफल, कुराकानी नभएका हैनन्। पत्र नै किन लेख्न परेको होला भनेर तपाईंको मनमा प्रश्न उब्जेला। भेट हुँदा मेरो प्रस्तुतिले विषयको गम्भीरता प्रष्ट्याउन नसक्ला या तपाईंको व्यस्तताले मेरा विषय प्राथमिकतामा नपर्न सक्छ। त्यसैले पत्राचारको माध्यम रोजेको हुँ।

आमालाई क्यान्सर रोग देखिएपछि उपचारको सिलसिलामा पाँच महीनादेखि काठमाडौंमै बस्दै आएको छु। आमाको हेरचाह बाहेक प्रशस्तै फुर्सद हुने हुँदा सामाजिक सञ्जालमा अलि बढी अपडेट भएको छु।

माओवादी आन्दोलनको विगत, वर्तमान र भविष्यका विषयमा केही छलफल गर्ने प्रयास गर्दैछु। तपाईंलाई उपयुक्त समयमा पढ्न र विषयवस्तुको गाम्भीर्य बुझ्न सहज होस् भनेर पत्राचारको विधि अपनाएको हुँ।

नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व सफलतापूर्वक निर्वाह गर्दै राज्यको महत्वपूर्ण परिवर्तन गर्न सफल नेता तपाईं नै हो। वर्तमान व्यवस्थाको स्वामित्व तपाईं र तपाईंले नेतृत्व गरेको पार्टी, शहीद, बेपत्ता, घाइते, अपाङ्ग, जेलनेल खाने सयौं योद्धा, प्रत्यक्ष युद्धमा सहभागी हजारौं योद्धा अनि परिवर्तनगामी लाखौं जनसमुदाय नै हुन्।

विश्वमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला तपाईंको नेतृत्वमा मौलिक विचारको विकास र प्रयोग गर्दै पार्टीभित्रको अन्तरसंघर्ष र सामन्तवादसँगको वर्ग-संघर्षलाई सफलतामा पुर्‍याउनु हामी सबैको गर्वको विषय हो।

प्रकाशित मिति: : 2021-09-14 08:48:00

प्रतिकृया दिनुहोस्