रामप्रसाद गौतम
जनताको बहुदलीय जनवाद (जबज) नेपाली जनताको मुक्ति कामनाको अन्तिम वाक्य हो। यो भनेर मदन भण्डारी जस्ता ओजपूर्ण नेताको आभा औरालाई कम गर्न खोजेको होइन तर बहुदलीय जनवादलाई बितेका ३ दशकमा जसरी प्रयोग गरियो त्यसैको परिणामस्वरूप नेकपा एमाले नामक पार्टी पटकपटक फुट्न र जुट्न पुग्यो, साथै केही दिनदेखि संसद् भवनमा पाखुरा सुर्कनेको संख्या बढ्दै छ।
पार्टी फुट्नु धेरैको नजरमा केही नराम्रो घटना भन्ने लाग्ला तर जबजबाट मुक्त नभएसम्म सर्वहारा नेपाली जनताको आशा, आवश्यकता, विश्वास पूरा हुनेवाला छैन।
किनकि भिडले समस्या समाधान गर्दैन विचारले गर्ने हो जसमा स्पष्टता हुनुपर्छ। पुलको बीचमा उभिएर आजसम्म कसैले महल खडा गरेको छैन, कि तल कि माथि कि वारपार हुनैपर्छ। जबज आफैँमा अस्पष्ट छ।
राजनीति जनताको वर्गोत्थान र अवस्था उत्थानका लागि गरिनुपर्छ त्यो बाहेकको राजनीति बुर्जुवा र धरातल नभएको जन नौटंकी हो। शाब्दिक भ्रम जालले कसैलाई कहीँ पुर्याउँदैन, सीमान्त गरिबको चुल्होमा सामल पुर्याउन सक्दैन।