आभा शिविरमा यौन र प्रजननका गफ

हिमाल खबर

काठमाडौँ

परिचय दिंदा सहभागीले आफ्नो नामसँगै आमाको नाम भनेपुग्छ, थर र बुबाको नाम भन्नुपर्दैन। किशोर-किशोरीलाई यो नयाँ पारा असाध्यै राम्रो लाग्छ किनभने उनीहरूलाई आमाको नाम बताउने मौका कमै मिल्ने गरेको हुन्छ।

स्कूले किशोर-किशोरीलाई लैङ्गिकताको शिक्षा दिनुहुन्छ कि हुँदैन र दिए कति हदसम्म, कसरी दिनुपर्छ भन्ने बहस आफ्नै ठाउँमा छ। अर्को प्रश्न अझ टडकारो छ- यौन शिक्षा स्कूल जानेहरूलाई मात्र दिनुपर्ने हो कि नजानेहरूलाई पनि? सबैलाई दिनुपर्ने भए कसरी दिने?

स्वास्थ्य अनुसन्धाता मोहन भागवतले स्वास्थ्य र यौन शिक्षा सम्बन्धी आफ्नो दुई दशक लामो अनुभवका आधारमा लैङ्गिकता संवाद शिविरको खाका तयार पारेका छन्। यही खाकाको आधारमा भारतका विभिन्न स्थानमा लैङ्गिकता सम्बन्धी कार्यशाला सञ्चालन हुने गरेका छन्।

किशोर-किशोरीको सहभागितामा हुने यस्ता कार्यशालामा लैङ्गिकता सम्बन्धी खुला संवादमा जोड दिइन्छ। उनको ‘आभा समूह’ले लैङ्गिकता संवाद कार्यशाला कसरी संचालन गर्छ, त्यसको झलक यहाँ प्रस्तुत छः

न अतिथि हुन्छन्, न भाषण, न कुनै औपचारिक तामझाम। शुरूमै सहभागीहरूलाई भनिएको हुन्छ- यहाँ हामीले आपसमा कुराकानी गर्ने हो। आफ्ना कुरा अरूलाई सुनाउने र अरूका कुरा सुन्ने हो। सहभागीमा किशोर र किशोरी झण्डै बराबरी हुन्छन्। शुरूदेखि अन्त्यसम्म, कार्यशालाका सबै सत्रमा उनीहरू सँगै बस्छन्, सँगै ‘संवाद’ गर्छन्।

आभा (आरोग्य भान) ले आयोजना गर्ने लैङ्गिकताका संवाद कार्यशाला (वा शिविर) यस्तै हुन्छन्। सामान्यतः तीन दिन चल्ने यी कार्यशाला संस्थाका दुई-तीन जना कार्यकर्ताले संचालन गर्छन्। शुरूआतमा सहभागीको स्वागत गरिन्छ र लैङ्गिकता संवादबारे केही जानकारी दिइन्छ। त्यसपछि कार्यशालाको विधिवत् उद्घाटन पनि हुन्छ, तर नितान्त अनौपचारिक तवरमा।

प्रकाशित मिति: : 2021-09-12 06:22:00

प्रतिकृया दिनुहोस्