अन्नपूर्ण बेसक्याम्प असोज पहिलो सातादेखि खुल्ने

File Photo
File Photo

लामो समयदेखि ठप्प विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) असोज पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। असोज ५ गतेदेखि अन्नपूर्ण क्षेत्रका सबै होटलहरु खुला हुने भएका हुन्। 

दोस्रो चरणको लकडाउनपछि ठप्प होटलहरु असोजदेखि खुल्ने छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले बताए। 'असोज ५ देखि यो क्षेत्रका होटलहरु पाहुन राख्ने गरी खुल्छन्। कोभिड १९ संक्रमणको दर पनि कम भई राखेको छ, धेरै जसोले भ्याक्सिन पनि लगाई सकेको अवस्थामा हामी होटल खोल्ने निर्णयमा पुगेका हौं, ' उनले भने।

असोज, कात्तिक मौसम खुल्ने मौसम पनि हो। बिदाको समय पनि यही बेला पर्ने भएकाले पनि अरु बेला पर्यटक ओइरिन्थे। यद्यपि, कोभिड १९ महामारीपछि दुई वर्षदेखि यो क्षेत्रका होटल शून्यप्राय छन्। सचिव गुरुङले सुरक्षित तरिकाले एबिसी घुम्न आउन सकिने बताए। सरकारी अनुमतिपछि अन्य क्षेत्रहरु खुलि सक्दा पनि एबिसी क्षेत्र खुल्न ढिला भएकोमा उनले माफी समेत मागेका छन्। कोभिड १९ को लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएमा आफैं सतर्क हुन समेत उनको आग्रह छ।

विपत्तिमा मन भुलाउँदै 'ट्रि हाउस'

झाँडीभित्र लुकेको ‘घाङ्च ल्हुम’: अहिले सबैको मन लोभ्याउदै 

प्रकाशित मिति: : 2021-09-11 19:02:00

प्रतिकृया दिनुहोस्